नेपाली बजारमा आज (आइतबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
