ज्याकारान्डा फुलेर काठमाडौंका विभिन्न ठाउँहरूमा सौन्दर्यता बढाएको छ ।
सडक किनारमा ढकमक्क फुलेको ज्याकारान्डाले शहरको सौन्दर्यता बढाएको छ नै, मानिसहरुलाई मन भुलाउने माध्यम पनि बनेको छ।
फूल हेरेर रमाउनेदेखि फोटो खिच्ने तथा भिडियो बनाउनेहरु थुप्रै देखिन्छन् ।कतिपयले ज्याकारान्डाको बैजनी रंगसँग मिल्ने कपडामा सजिएर टिकटक बनाउँदै गरेका देखिन्छन्।
सडक किनारमा मात्र नभई निर्माणाधीन पुलमाथि समेत चढेर जोखिम मोलेर दृश्य कैद गरिरहेका देखिन्छन्।


