२ जेठ, काठमाडौं । प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले गोरखाको समग्र विकासका लागि बजेट सुनिश्चित गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद ढकालले ऐतिहासिक जिल्ला गोरखाको पर्यटन, पूर्वाधार र धार्मिक क्षेत्रको समुचित विकासका लागि ठोस बजेट विनियोजन आवश्यक रहेको बताए ।
ढकालले गोरखा जिल्लाको समृद्धि सम्भावना औंल्याउँदै बुढीगण्डकी जलविद्युत् आयोजना, मनकामना तथा गोरखकाली धार्मिक क्षेत्रको विकासमा प्राथमिकतासहित बजेट छुट्याउन माग गरे ।
पर्यटन तथा धार्मिक सम्भावनाले भरिपूर्ण गोरखो जिल्लामा सरकारी लगानीको कमीले अपेक्षित विकास हुन सकेको छैन । उनले भने गोरखा बजारबाट बुङ्गकोट, क्यामुनटार, महादेवटार, घाटबेंसी, आरुघाट, तान्द्राङ्ग हुँदै गोर्खा बजारसम्मको हालको कच्ची रिङ्गरोड सडकलाई कालोपत्रे गर्न विशेष बजेट विनियोजन गरियोस् ।
