१४ जेठ, काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसर र अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८२ को सम्मानमा नेपाल र चीनको सगरमाथा आरोहीबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
दुई देशबीच कुटनितिक सम्बन्ध स्थापना भएको अवसरमा नेपाल र चीनका सगरमाथा आरोहीहरूबीच विशेष रुपमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपालको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा बुधबार एन्फा कम्प्लेक्समा उक्त खेल भएको हो ।
यस मैत्रीपूर्ण खेलमा सगरमाथा फ्रेन्डशिप टिम (नेपाल) र माउन्ट चोमोलोङ्मा फुटबल टिम (चीन) बीच प्रतिस्पर्धा भएको थियो । जसमा नेपालको सगरमाथा फ्रेण्डसिप टिम ४-१ ले विजयी भएको थियो ।
