२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका छन् । निर्देशक डा. डिल्लीराम पोखरेल र दीर्घ रावल कार्यकारी निर्देशक भएका हुन् ।

केन्द्रीय बैंक कार्यकारी निर्देशकमा २ निर्देशक बढुवा भएसँगै केही जिम्मेवारी पनि हेरफेर भएको छ । पूर्वकार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको अवकाशसँगै रिक्त कार्यकारी निर्देशक दरबन्दीमा गत साता निर्देशक डा. पोखरेलको बढुवा भएको हो । त्यसैगरी कार्यकारी निर्देशक तुलसी घिमिरेको अवकाशपछि रिक्त दरबन्दीमा सोमबार निर्देशक दीर्घ रावलको बढुवा भएको सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दए ।

रिक्त कार्यकारी दरबन्दी पूर्तिसँगै जिम्मेवारी पनि हेरेफेर भएको छ । गत साता कार्यकारी निर्देशक भएका पोखरेले बैंकिङ विभाग प्रमुख भएका छन् ।