२० जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई पदबाट निलम्बन गरेको छ। 

महानगरपालिकाले उनीमाथि जाँचबुझ पनि गरिरहेको छ। महानगरको प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा बनेको समितिले जाँचबुझ गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नेपालखबरसँग बताए।

यसअघि नगर प्रहरी प्रमुख पाण्डेसँग स्पष्टीकरण सोधिएको थियो।