१ असार, काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।  पाँच दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ ।

गत मंगलबार प्रतितोला १ लाख ९० हजारमा कारोबार भएको सुन आज आइतबार १ लाख ९७ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आजको भाउ ४ सय रुपैयाँ बढी हो । यसअघि वैशाख ९ गते सुनको भाउ १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । उच्च मूल्यमा पुगेर चाँदी स्थिर रहेको छ । चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा स्थिर छ ।