९ असार, काठमाडौं । ओमान क्रिकेट बोर्डले अन्ततः टी–२० विश्वकप टोलीका खेलाडीहरूलाई सो प्रतियोगिताबाट प्राप्त पुरस्कार रकम प्रदान गर्ने घोषणा गरेको छ।
सोमबार एक सार्वजनिक विज्ञप्तिमार्फत ओमान क्रिकेटले अमेरिकी डलर २ लाख २५ हजार बराबरको उक्त रकम सन् २०२५ जुलाईसम्ममा खेलाडी र सपोर्ट स्टाफलाई वितरण गरिने जनाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग सहभागी बोर्डहरूले गरेको सहमतिअनुसार, बोर्डले आईसीसीबाट रकम प्राप्त गरेको २१ दिनभित्र खेलाडीलाई रकम वितरण गर्नुपर्ने नियम छ ।
