बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ।
सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले चालुतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने अनुमानसहित ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट प्रस्तुत गरेकी हुन्।
उपप्रमुख अर्यालले प्रस्तुत गरेको बजेटमा बुटवलले आन्तरिक स्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेस गरेको छ।
बजेटमा बुटवलले आगामी आर्थिक वर्ष २०८२/८३ मा शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ।
