असार-३०, रूपन्देही। रूद्रपुर सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २०८१ सालको माध्यमिक शिक्षा परिक्षा (SEE) मा ३.६१ जिपिए भन्दा माथी ल्याउने विद्यार्थीलाई सम्मान, वन क्षेत्रमा रहेका विद्यालय तथा आमा समूहहरुलाई सामाग्री वितरण तथा कार्यालय परिसर, देउराली वाटिका र चिसापानि खुल्ला जीम समुद्घाटन कार्यक्रम सम्मपन्न भएको छ।

रूद्रपुर सामुदायिक वन उपभोक्ता समूहको कञ्चन-४, गरगरेमा रहेको सभाहलमा आज एक भव्य कार्यक्रमका बिच २०८१ सालको माध्यमिक शिक्षा परिक्षा (SEE) मा कञ्चन गापा भित्र रहेका संस्थागत र समुदायिक तर्फ छुट्टा छुट्टै प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई नगद १५ हजार १० हजार र ५ हजार र प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो। भने ३.६१ जिपिए भन्दा माथी ल्याउने वन संग सिमानामा जोडिएका विद्यालयका विद्यार्थीलाई नगद २००० सहित सम्मान पत्र द्धारा सम्मान गरिएको थियो।

सामुदायिक वनले आफ्नो क्षेत्र अन्तर्गत रहेका ४ वटा आमा समूहहरूलाई प्रति समूह ३० थान कुर्ची वितरण गरेको छ। त्यसैगरी वन संग सिमाना जोडिएका ४ विद्यालयलाई ४० थानका दरले र अर्य ५ विद्यालयलाई २८ थानका दरले पंखा वितरण गरेको थियो। सोहि अवसरमा कार्यालय परिसरमा रहेको मुर्ती सहितको पोखरी, देउराली वाटिका र चिसापानीमा रहेको खुला जीम सेन्टरको समेत समुद्घाटन गरिएको थियो।

रूद्रपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा तथा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा, गापा उपाध्यक्ष मौसमी थापा मगर, वडा अध्यक्षज्यूहरु, पूर्व अध्यक्ष ज्युहरु, समिति विद्यालयका प्रअ, अध्यक्ष, आमा समूह तथा विभिन्न संघ संस्थाबाट उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी, विशिष्ट अतिथी लगायत वक्ताहरुले उत्कृष्ट कार्यक्रमका लागि सामुदायिक वनका अध्यक्ष हिमाल थापा लगायत टिमलाई धन्यवाद दिदै सामाजिक विकासमा दिनु भएको सकरात्मक योगदानको प्रशंसा गर्नु भयो। उहाँहरुले रुद्रपुर सामुदायिक वनले आज शिक्षा, समाज, महिला, उद्यमशिलता र वातावरण संरक्षणका क्षेत्रमा खेलेको भूमिकाले आज मात्रा नभएर भोलिका दिनमा समेत भुमिका खेल्ने भएकाले आगामी वर्षहरुमा पनि यस्ता कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

रुद्रपुर सामुदायिक वनका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत वनका उपाध्यक्ष लालुमाया पुनले गर्नु भएको थियो भने संचालन वनका सचिव श्रीप्रसाद पुनले गर्नु भएको थियो ।
