नेपाल न्यूट्रास्यूटिकल्स कस्मास्यूटिकल्स एसोशिएसन (NNCA) ले आफ्नो संस्थाको नाम जोडेर आएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज एक विज्ञप्ति मार्फ़त उक्त कुरा जनाएको हो। केही दिन अगाड़ी चितवनमा व्यवसाय गरिरहेका बिरेन्द्र कुमार पटेलको बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दर्ता भएको र उक्त अभियोगमा निजलाई फरार भनिएको व्यक्तिले NNCA लगायतको संरक्षणमा व्यवसाय गरेको भन्ने किसिमको पत्र NNCA को आधिकारिक ईमेल मार्फ़त प्राप्त भए पश्चात उक्त ध्यानाकर्षण विज्ञप्ति प्रकाशित गरेको हो।
संस्थाको अधिकारिक ईमेलमा आफ्नो संस्थाको नाम उल्लेख गरि आएको पत्रले संस्थाको गरिमा र उद्देश्यलाई धुमिल भएको जनाएको छ। “उक्त बिरेन्द्र पटेल NNCA को साधारण सदस्य पनि नरहेको स्पष्ट पार्न चाहन्छौ।साथै नेपालको कानूनको बर्खीलाप हुने गरि गरिएका कुनै पनि व्यवसायलाई NNCA ले साथ नदिने र यस्ता जो सुकै ब्याबसायी भए पनि संस्थाले संरक्षण नगर्ने प्रतिबद्धतामा दृढ़ रहेका छौं”,विज्ञप्तिमा भनिएको छ।NNCA जहिले पनि नेपालको कानूनको परिधि भित्र रहेर व्यवसाय गर्ने व्यावसायीको मात्र छाता संगठन भएको र संस्थाको गरिमा माथी खलल पुग्ने गरि भ्रामक सूचना सम्प्रेषण नगर्न अनुरोध गरेको छ। नेपालको क़ानूनको परिधि भन्दा बाहिर गएर यदि कसैले व्यवसाय गर्छ भने उसलाई प्रचलित क़ानून अनुसार कार्बाहीको लागि सम्बन्धित निकायलाई निस्वार्थ रुपमा साथ र सहयोग गर्ने पनि विज्ञप्ति मार्फ़त जनाएको छ
