साउन-६, रुपन्देही। रुद्रपुर सामुदायिक वन उपभोत्ता समूहको आयोजना तथा सैनामैना कलेज अफ हस्पिटालिटी भोकेशनल ट्रेनिङको प्रविधिक सहयोगमा असार २४ गतेदेखी संचालन भएको १५ दिने आधारभुत वारीस्ता तालिम आज समापन भएको छ।

रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा असार २४ गते देखी संचालन भएको आधारभूत वारीस्ता तालिमको आज एक कार्यक्रम सहित समापन भएको छ। रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहका कार्यवाहक अध्यक्ष लालुमाया पुनको अध्यक्षता तथा सामुदायिक वन महासंघका केन्द्रिय सदस्य दिनानाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन सत्रमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

समापन सत्रमा वडा नं ४ का वडा सदस्य शुशिला थापा, पूर्व अध्यक्ष तथा सल्लाहकार वासुदेवदीन पौडेल, पूर्व अध्यक्ष नाम बहादुर केसी, समितिका पदाधिकारीहरु, कार्यलय प्रमुख तुलसि प्रसाद अधिकारी, सैनामैना कलेज अफ हस्पिटालिटी भोकेशनल ट्रेनिङका संचालक युवराज गुरूङ, कोडिनेटर लोकेश उपाध्याय, प्रमुख प्रशिक्षक अनिश सिंजापति, प्रशिक्षक अर्जुन राजकोटी, राजन पौडेलको आतिथ्यता रहेको थियो।

तालिमको समापन सत्रमा बोल्दै अतिथी ज्यूहरुले रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहले समुदायका लागि सामुदायिक वन भन्ने नारालाई आत्मसाथ गर्दै यहाँका युवाहरुलाई वारीस्ता तालिम संचान गरी आत्म निर्भर बनाउन र भोलि वैदेशिक रोजगारीमा समेत सहयोग हुने बताउनु भयो। यो तालिमले सहभागीको क्षमता विकास संगै आर्थिक विकासमा समेत ठुलो भुमिका खेल्ने बताउनु भयो। तालिममा प्राप्त सर्टिफिकट भन्दा नि यहाँबाट सिकेको ज्ञानलाई व्यावहारमा प्रयोग गर्न सहभागीलाई अनुरोध गर्नु भयो।

समापन सत्रमा बोल्दै प्रविधिक संस्था सैनामैना कलेज अफ हस्पिटालिटी भोकेशनल ट्रेनिङका एमडि युवराज गुरूङले तालिम गर्ने अवसर दिनु भएकोमा रूद्रपुर सामुदायिक वन उपभोक्ता समूहलाई धन्यवाद दिनु भयो। साथमा आगामि दिनमा यहाँ सहभागी लगायत वनबाट आउने सहभागीहरुलाई ३०% छुटको समेत व्यवस्था रहेको बताउनु भयो। तालिममा सहयोग गर्ने प्रशिक्षक तथा सहयोगीहरुलाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो भने तालिमको अवसर प्रदान गर्ने रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहलाई फ्रेम सहित सम्मान गर्नु भएको थियो।

आधारभुत वारीस्ता तालिममा सहभागी हुन कञ्चन गाउँपालिका भित्रबाट ९९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो। जसलाई २ ग्रुपमा विभाजन गरी तालिम संचालन गरिएको प्रविधिक संस्था सैनामैना कलेज अफ हस्पिटालिटी भोकेशनल ट्रेनिङका प्रशिक्षकले जानकारी दिनुभयो।

असार २४ गते देखि संचालित १५ दिने आधारभूत तालिम समापन सत्रको संचालन रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहका सचिव श्रीप्रसाद थापाले गर्नु भएको थियो भने स्वागत मन्तव्य सह-सचिव शान्ति घिमिरेले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *