१५ कात्तिककाठमाडौं । जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदी भक्तपुरबाट पक्राउ परेका छन् ।

गत २४ भदौ कारागारबाट फरार भएका २२ वर्षीय देवबहादुर बस्नेत भक्तपुर नगरपालिका–८ लिवालीमा पक्राउ परेका हुन् ।

रामेछापको मन्थली नगरपालिका–३ घर भएका बस्नेत लागुधौष मुद्दाका फरार कैदीबन्दी हुन् । २ वर्ष कैद १ लाख जरिवाना तोकिएको बस्नेत कैद भुक्तान गर्न ६ महिना बाँकी रहेका बेला जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका प्रहरीले जनाएको छ ।