मंसिर ५,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी गरेका छन्।
सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी गरेको शीतलनिवासले जनाएको छ।‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको थियो। सोही आधारमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्।
असोज ९ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेका राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउने निर्णय गरेको थियो।
