सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ।

टस जितेको पोखराले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेछ। पहिलो खेलमा सुदूपश्चिमले काठमान्डु गोर्खाजलाई हराएको थियो। पोखरा भने विराटनगर किंग्ससँग पराजित भएको थियो।  खेलमा पोखराले दुई परिवर्तन गरेको छ। तृतराज दास र माट टेलरको स्थानमा विपिन खत्री र सुमित बर्मा छन्। सुदूरपश्चिमको कुनै परिवर्तन गरिएको छैन।