नेपाली कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

कांग्रेससहित ६ दलको समर्थनमा यादव आज मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।