सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको महत्वपूर्ण खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरूद्ध टस जितेको छ।
टस जितेको जनकपुरले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ। खेलमा जनकपुरले फेरि कप्तान परिवर्तन गरेको छ।
यसअघिका दुई खेलमा कप्तानी गरेका वायन पार्नेलको स्थानमा नामिबियाका जन निकवल लफ्टी इटनले कप्तानी गर्ने भएका छन्। त्यसअघि जनकपुरको कप्तान अनिलकुमार साह छन्।
खेलका लागि लुम्बिनीमा कुनै परिवर्तन गरिएको छैन भने जनकपुरमा वायन पार्नेलको स्थानमा संगिथ कुरे रहेका छन्।
