२२ पुस, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै मूल्य बढ्दा नेपाली बजारमा प्रभाव परिरहेको छ । अघिल्लो दिन नेपाली बजारमा सुन तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको थियो ।

चाँदीको भाउ पनि बढेको छ । प्रतितोला १९५ रुपैयाँले चाँदी बढेर आज ४ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।