बेसीशहर नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा संचालित ७ दिने नि:शुल्क उद्यमशिलता विकास तालिमको आज तेस्रो दिन व्यवसायीक मोडल तथा योजना निर्माण प्रशिक्षण सहित सम्पन्न भएको छ।

प्रमुख प्रशिक्षक : NLP Trainner ,युवा उध्धमी श्री राजन शर्मा पौडेल
पहिलो सेसनमा प्रशिक्षक ज्यू द्वारा ब्यवासायीक मोडल तथा योजना निर्माण शिर्षकमा रहेर प्रशिक्षण गराउनु भयको थियो।
प्रशिक्षणको बिच सेसनमा बेसीशहर न पा का नगर उपप्रमुख श्रदेय श्री पद्मा गरुङ ज्यूले प्रशिक्षार्थि सहभागिहरुमा उत्प्रेरणा सहित कार्यक्रमको शफलताको शुभकामना ब्यक्त गर्दै सहभागि साथिहरुको जिज्ञासा समेत मेटाउनु भयको थियो ।

कार्यक्रमको दोस्रो सेसन को Field Visit अन्तरगत आज बेसीशहर न पा वडा न ७ मा रहेको लमजुङ इको ब्रिक कम्पनीमा पुगेका थियौ ।
कम्पनिका प्रोप्राइटार युवा सफल ब्यावसायी सुमिन घले ज्यू र उहाको कम्पनिका म्यानेजर ज्यूहरुले सहभागिहरुको जिज्ञासा मेटाउदै ब्रिक बनाउने प्रक्रिया , बजार अध्यन गर्ने तथा उत्पादित समानाको बजार चुनौति जस्ता बिषयहरुमा जानकारी दिनुहुदै छलफलमा सहजिकरण गरिदिनुभयको थियो ।
आयोजक कमिटिको तर्फबाट लमजुङ इको ब्रिक कम्पनि प्रति हार्दिक आभार ब्यक्त गर्नु भयो।

आज मात्रा तिन दिन भएको र अजै ४ दिन अन्य व्यवसायीक विषयमा प्रशिक्षण रहने तालिम संयोजक तथा बेसीशहर नगरपालिका रोजगार संयोजक ईश्वर बहादुर लोहनीले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *