काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन, कृत्रिम अभाव गरे कारबाही गर्ने तर सरकारले सहज आपूर्तिको वैकल्पिक व्यवस्था गरेको दाबी गरिरहेको ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।काठमाडौं उपत्यकामा उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाएको अवस्थामा त्यही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउन उनको निर्देशन छ ।
बाढीका कारण सिर्जना भएको आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिन यो नियम ल्याइएको मन्त्रालयको भनाइ छ । यो व्यवस्था हाललाई काठमाडौं उपत्यकाभित्र मात्र लागु हुनेछ ।
यो व्यवस्था तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री यादवले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन् ।
