त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने भएको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबिया र नेदरल्यान्ड्सबीच जारी खेल बर्षाका कारण पूरा हुन नसक्दा दुवै टोलीको १/१ अंक बाँडिएको थियो।अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट ५ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपालको ४ अंक र नामिबियाको ३ अंक मात्र रहेको छ। यो सँगै नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुने भएको छ।
