हिमालय सामुदायिक बिकास केन्द्र कन्चन ४ रुपन्देही ले आयोजना गरेको १५औ संस्करण को कन्चन कप-२०८० को पहिलोसेमिफाइनल खेल कञ्चन ११ ले जितेक छ।

कञ्चन ११ र डोना फुटवल एकेडमी बिच भएको पहिलो सेमिफाइनल खेल निर्धारित समय सम्ममा दुवै टोलि गोल रहित बराबरीमारोकिए पछी रिजल्टका लागि खेल पेनाल्टी सुट आउटमा गएको थियो। पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले कञ्चन ११ विजय भएसंगै १५औ संस्करण को कञ्चन कप २०८० को पहिलो फाईनल पुग्ने टिम बनेको छ।

यो संगै कञ्चन ११ संग फाइनल खेल्ने अर्को टिमको टुङ्गो भने भोलि हुने दोस्रो सेमिफाइनल खेलको नतिजाले निर्धारण गर्ने छ। फागुन२५ गते शिबरात्रीका दिन कञ्चन ११ संग फाइनल खेल्ने चाहानासहित भोलि फुलबारी गाईज बुटवल र सम्पूर्ण एफसि सुपौलि बिच खेलहुने छ।

कन्चन गाउँपालिका को सहयोग र हिमालय सामुदायिक बिकास केन्द्र कन्चन ४ रुपन्देही को आयोजनामा संचालित १५औ संस्करण कोबिजेता ले नगद २,२५,००० सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न त्यसैगरी उपविजेता ले नगद १,१५,००० सिल्ड मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन्।

भने मेन अफ द म्याच र बिधागत तर्फ पनि आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा रुपन्देही,कपिलवस्तु र नवलपरासी का गरि कुल १० टोलि को सहभागिता रहेको थियो र खेल फागुन १६ गते सुरू भएकोथियो भने फागुन २५ गते शिबरात्रीका दिन फाइनल खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *