१५औ संस्करण कन्चन कप-२०८० को दोस्रो सेमिफाइनल खेलमा फुलबारी गाईज बुटवल विजय। यो संगै फागुन २५ गतेको फाइनलमाकञ्चन र बुटवलको प्रतिष्पर्धा।

आज फुलबारी गाईज बुटवल र सम्पूर्ण एफसि सुपौलि बिच भएको दोस्रो सेमिफाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो ।दोस्रो हाफको सुरुवाटमै १ गोल प्रहार गरी अग्रता लिएको बुटवल गाइजका लागि त्यही गोल नै फाइनल प्रवेशको द्वार भयो भने खेलको निर्णायक गोल पनि।

यो जित संगै फुलबारी गाइज कन्चन गाउँपालिका को  सहयोग र हिमालय सामुदायिक बिकास केन्द्र कन्चन ४ रुपन्देही कोआयोजनामा संचालित १५औ  संस्करण  कञ्चन कपको फाइनल खेल्ने दोस्रो टिम बनेको छ।

फागुन २५ गते शिबरात्रीका दिन आयोजक कञ्चन ११ र फुलबारी गाईज बुटवल बिच कञ्चन कप २०८० को उपाधिका लागि प्रतिष्पर्धाहुनेछ १५औ संस्करणकोबिजेता ले नगद २,२५,००० सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न त्यसैगरी उपविजेता ले नगद १,१५,००० सिल्ड मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन्।

भने मेन अफ द म्याच र बिधागत तर्फ पनि आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा रुपन्देही,कपिलवस्तु र नवलपरासी का गरि कुल १० टोलि को सहभागिता रहेको थियो र खेल फागुन १६ गते सुरू भएकोथियो भने फागुन २५ गते शिबरात्रीका दिन फाइनल खेल हुनेछ।