कञ्चन गापा आर्थिक सहयोग तथा हिमालय सामुदायिक विकास केन्द्रको आयोजनामा कन्चन ४ डियो खेलमैदानमा फागुन १६ गते देखि संचालन भएको कञ्चन कप २०८० को उपाधिका लागि फाइनल खेल भोलि फागुन २५ गते माहाशिवरात्रिको दिन दिउसो २ बजे देखीकन्चन ११ र फुलबारि गाइज बिच हुदैछ।

यस अगाडि कञ्चन ११ र डोना एकेडमी बिच भएको पहिलो सेमिफाइलमा पेनाल्टी सुटआउटमा ४-१ ले विजय हुदै कञ्चन ११ फाइनलगएको थियो भने।दोस्रो सेमिफाइनलमा सम्पूर्ण एफसि सुपौलिलाई १-० ले हराउदै फुलबारी गाईज फाइनलमा पुगेको थियो।

भोलि हुने फाइनल खेलको बिजेताले १५औ संस्करण कञ्चन कप २०८० को उपाधिका संगै नगद २,२५,०००  सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न त्यसैगरी उपविजेता ले नगद १,१५,००० सिल्ड मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन्।

भने मेन अफ द म्याच र बिधागत तर्फ पनि आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ।

उक्त फाइनल खेलको अवलोकन गर्न र खेलाडिहरुलाई हौसाला प्रदान गर्न सम्पूर्णलाई उपस्थितिका लागि पनि आयोजक अनुरोधगर्दछ।

प्रतियोगितामा रुपन्देही,कपिलवस्तु र नवलपरासी का गरि कुल १० टोलि को सहभागिता रहेको थियो र खेल फागुन १६ गते सुरू भएकोथियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *