आज नेपाल भारत लगाएत विश्व भर फैलिएर रहेका बैदिक सनातन हिन्दु धर्मावलम्बीहरु बिहानैदेखि शिवालय मन्दिर गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर  लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ । भने देशका विभिन्आन मन्जदिरहरुमा पनि भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तुहरु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् ।