१७ औं संस्करणको आईपीएल (इन्डियन प्रिमियर लिगक्रिकेट) उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सले विजयी सुरुवात गरेको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लुरुलाई ६ विकेटले हराएको थियो । जितका लागि एक सय ७४ रनको लक्ष्य पाएको चेन्नईले १८ ओभर चार बलमा चार विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको थियो ।
