आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराएसँगै दुई खेलको शृङ्खला नेपालले जितेको हो । त्रिबि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९८ रनको लक्ष्य आयरल्याण्ड उल्भ्सले १८ दशमलब तीन ओभरमा १ सय २७ रन मात्र बनाएको थियो । यस्तै हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई ६ विकेटले हराएको थियो ।