नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार एसीसीले आठ टोलीको प्रतियोगितामा नेपाललाई पनि समेटेको जानकारी दिएको छ । फेब्रुअरीमा भएको एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भए सँगै नेपाल श्रीलङ्कामा हुने एसिया कपमा छनोट हुन सकेको थिएन । उक्त खेलमा फाइनल खेलेका दुई टोली यूएई र मलेसिया सिधै एसिया कपमा पुगेका थिए । तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएसँगै नेपाल र थाइल्याण्डले मौका पाएका हुन् ।
