चैत्र १२ होलिको दिन कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ बर्षिया लोकेन्द्र शाहीको शव बिहीवार फेला परेको जानकारी प्राप्त भएको छ । होलि पर्वको दिनमा साथीहरूको लै लै मा कर्णाली पुल माथिबाट हाम फाल्दा शरीर अनियन्त्रित भई उनी पानीमा डुबेका थिए । उनको शव खोजिका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी, सेना, र स्थानीय लागेका थिए ।
