कञ्चनपुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आगलागी भएको छ। उखु बोकेर राजापुरतर्फ गइरहेको उक्त ट्रकमा आगलागी भएको हो। ​

कैलारी गाउँपालिका–३ सुर्मीनालामा ट्रकले विद्युत तार छोएपछि आगलागी भएको हो।  ट्रकमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले मिलेर निभाएका छन्। आगो नियन्त्रणमा आएको प्रहरी इन्चार्ज लोकेन्द्र चन्दले बताए ।