२५ चैत, गण्डकी प्रदेशको नेतृत्व आफूहरुले पाउनुपर्ने माग राखेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान आफैं मन्त्री बनेर खगराज अधिकारी नेतृत्वको सरकारमा जाने भएका छन् ।
एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्ति भएपछि माओवादी संसदीय दलको बैठकले चुमानकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको प्रमुख सचेतक कुशुम बुढामगरले जानकारी दिइन् ।
चुमानले यसपटक गण्डकीमा जसरी पनि माओवादीले नेतृत्व पाउनुपर्ने भन्दै केन्द्रसम्मै दबाब दिए पनि असफल भएका थिए । यसअघि पनि पटक पटक मुख्यमन्त्रीको दाबी गरेर नपाएका माओवादी संसदीय दलका नेता चुमान गण्डकीमा दोस्रो कार्यकालसम्म आइपुग्दा तेस्रो पटक मन्त्री हुन लागेका हुन् ।
