नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने (ब्रेक थ्रू) भएको छ । अन्तिम चरणमा पुगेको सुरुङ खन्ने कार्य पूरा हुने भएको हो ।

सोमबार औपचारिक कार्यक्रम गरेर सुरुङ ब्रेक थ्रु गर्ने तयारी गरिएको नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले बताए । उनका अनुसार सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम रहेको छ ।