बाग्मती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या देखीएको छ। माटो तथा मल परीक्षण प्रयोगशाला बाग्मती प्रदेश हेटौँडाले माटो परीक्षणका क्रममा माटोमा उच्च अम्लीयपन देखिएको हो ।काठमाण्डाै उपत्यकासहित व्यावसायिक तरकारी, कृषि खेती हुने जिल्लाहरू– काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाइएको देखिन्छ ।