चैते दशैंको अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । चैत शुक्ल अष्टमी (चैते दशैं) का अवसरमा प्रदेशभरका सबै शैक्षिक संस्था, सरकारी कार्यालय साथै सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

