फुलह्यामलाई पराजित गर्दै लिभरपुल इंग्लिस प्रिमियल लिगको दोस्रो स्थानमा उक्लिएको छ।गएराति फुलह्यामलाई उसकै मैदानमा हराउँदै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो कार्भेन कटेजमा पहिलो हाफ १-१ गोलको बराबरीमा सकिँदा बाँकी २ गोल लिभपुरलले दोस्रो हाफमा हानेको हो।
ट्रेन्ट अलेकजेन्डर अरनोल्डले ३२ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए।पहिल स्टपेज समयमा फुलहमका टिमोथी कास्टाग्नेले बराबरी गोल गरे त्यसपछि दोस्रो हाफको ५३ औं मिनेटमा र्यान ग्राभेनबेर्कले उत्कृष्ट गोल गरी अग्रता दिलाए।
७२ औं मिनेटमा डियोगो जोटाले गरेको निर्णायक गोल गर्दा लिभरपुल ३-१ गोलले विजयी भएको हो।जितसँगै दोस्रो स्थानमाउक्लिएको लिभरपुलले शीर्षस्थानको आर्सनलसँ समान ७४ अंक बनाएको छ।एक खेल कम खेलेको म्यानचेष्टर सिटी ७३ रन जोडेर तेस्रो स्थानमा छ।
