सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरूवा गरेको छ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले मरासिनीलाई अर्थसचिव बनाउने निर्णय गरेको हो। उनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए।गेट वे पेमेन्ट प्रकरणमा मुछिएपछि मरासिनी निलम्बनमा परेका थिए।
विशेष अदालतले शुक्रबार उनलाई सफाइ दिएपछि निलम्बन फुकुवा भएको थियो।
त्यतिबेला बजेट निर्माणमा असम्बन्धित व्यक्तिलाई प्रवेश गराएको भन्दै विवाद भएपछि उनलाई प्रधानमन्त्री कार्यालय सरूवा गरिएको थियो।
यसैबीच अर्थसचिव पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरूवा गरिएको छ।
