इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले साविक विजेता चेन्नई सुपर किंग्सलाई हराएको छ । गएराति भएको खेलमा पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो ।
जित पछि पञ्जाब १० खेलमा ८ अंक सहित सातौं स्थानमा उक्लिएको छ। चेन्नाई १० खेलमा १० अंक सहित चौथो छ। आईपिएलमा भोलि हुने एकमात्र खेलमा सनराईजर्स हैदराबाद र राजस्थान रोयल खेल्दैछन्। हैदराबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ।
