राजनीतिक नेतृत्व मौन रहेका बेला कांग्रेसले गिरीबन्धुको फैसलालाई संसदमा उठाउने भएको छ ।कांग्रेस महामन्त्री गगन थापाले गिरी बन्धु टी स्टेट प्रकरण र सर्वोच्चले गरेको फैसलाबारे संसदमा सशक्तरुपमा प्रस्तुत हुने बताए ।
आज बसेको कांग्रेस संसदीय दलको बैठकमा महामन्त्री थापाले गिरी बन्धु टी स्टेटबारे ब्रिफिङ गरेका थिए ।उनले सांसदहरूलाई संसदका साथै सडकमा पनि सशक्तरुपमा उठाउन निर्देशन समेत दिएका छन् ।
