काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।संसद्मा अवरोध खुलाउने विषयमा छलफलका लागि नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने पार्टी सभापति शेरबहादुर देउवासहित नेताहरू पूर्णबहादुर खड्का, गगन थाप र रमेश लेखक बालुवाटार पुगेका हुन् ।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्ने विषयले चर्को रुप लिएपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न लागेको हो ।छानबिन समिति गठन हुननसक्दा संसद सञ्चालन हुन सकेको छैन । सोही विषयमा बिहीबार संसदमा धकेलाधकेलसमेत भएको थियो ।
