इन्डियन प्रिमियर लिग (आइपिएल)मा शुक्रबार आफ्नो अन्तिम खेल खेलेको मुम्बई लखनउसँग १८ रनले पराजित भएको हो।लखनउले  दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बई ले ६ विकेट गुमाएर १९६ रन मात्रै बनाउन सक्यो।  त्यसक्रममा ओपनर रोहित शर्माले सर्वाधिक ६८ रन बनाए। उनले ३८ बलमा १० चौका र ३ छक्का प्रहार गरे।

अर्का ओपनर देवल्ड ब्रेविसले २० बला १ चौका र २ छक्का प्रहार गरी २३ रन बनाए।सूर्यकुमार यादव शून्य रनमा आउट हुँदा कप्तान हार्दिक पाण्ड्याले १६ रन  र इशान किसनले १४ रन बनाए।नमन धीर २८ बलमा ४ चौका र ५ छक्का प्रहार गरी ६२ रन बनाएर नट आउट रहे।

बलिङतर्फ लखनउका रवि बिस्नोई र नवीन उल हकले २/२ विकेट लिँदा क्रुनाल पाण्ड्या र मोशिन खानले १/१ विकेट लिए।पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा २१४ रन बनाएको थियो।लखनउका लागि निकोलस पुरनले बिस्फोट ब्याटिङ गरे। उनले २९ बलमा ५ चौका र ८ छक्का प्रहार गरी ७५ रन बनाए।

त्यस्तै ओपनर तथा कप्तान केएल राहुलले ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ५५ रन बनाए ।  अर्का ओपनर देवदत्त पाडिकल पहिलो बलमै आउट भएका थिए।मार्कस स्टोइनिसले २८, आयुष बदोनीले २२ तथा क्रुनाल पाण्ड्याले १२ रन जोडे।बलिङतर्फ मुम्बईका नुवन थुसारा र पियुष चावलाले ३/३ विकेट लिए।

दुबै टिम यसअघि नै प्लेअफबाट बाहिरीसकेको छ।लिग चरणका १४ खेलमध्ये मुम्बले ४ वटा खेलमा मात्रै जित हात पारेको थियो। बाँकी १० खेलमा पराजित हुँदै तालिकाको पुछारमा रहेर बाहिरयो।लखनउ ७ जित र ७ हारसहित छैटौं स्थानमा रहेर बाहिरिएको छ।

कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन् भने एक टिमको टुंगो लाग्न बाँकी छ।