इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाईट राइडर्स फाइनलमा पुगेको छ । गएराति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले हराएर कोलकाता फाइनलमा पुगेको हो ।

हैदराबादले राजस्थान रोयल्स र बेंगलुरबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटर खेल आज हुँदैछ भने क्वालिफायर शुक्रबार हुँदैछ । आईपीएलको फाइनल खेल आइतबार हुनेछ ।