गएराति भएको दोस्रो क्वालिफायरमा खेलमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल प्रवेश गरेको छ ।
अब हैदराबादले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । कोलकता मङ्गलवार राति सम्पन्न पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
फाइनल भोलि हुने छ ।
