सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।शुक्रबार बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । बैठक दिउँसो तीन बजे कानुन मन्त्रालयमा बस्नेछ ।

गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा उनी संलग्न रहेको कांग्रेसको दाबी छ । गोर्खा मिडियामा रकम स्थानान्तरण भएका सबै सहकारीको छानबिन हुनुपर्ने कांग्रेसको माग छ ।