जेठ-१७,रूपन्देही। शुद्धोधन जेसीज द्धारा फर्साटिकर भित्र रहेका विद्यालयका विद्यार्थीहरुका लागि लागुपदार्थ दुर्व्यसनी विरूद्ध सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
शुद्धोधन जेसीज वर्ष २०२४ का अध्यक्ष जेसि रुपा पराजुली डुम्रेको पलान अफ एक्सन अनुसार मे महिनामा गर्ने गरि तय गरिएको सामुदायिक क्षेत्र अन्तर्गतको कार्यक्रम लागुपदार्थ दुर्व्यसनी विरूद्ध सचेतना प्रशिक्षण कार्यक्रम समुदायमा रहेका बिधालय हरु भगलापुर मा. बि, ड्रीम भिजन स्कुल, लिटल फ्लावर्स स्कुल, फर्साटिकर मा. बि, फर्साटिकर सिद्धार्थ र तिलोत्तमा स्कुलका सिनियर कक्षाका विद्यार्थीहरुलाइ प्रदान गरेको छ।

ड्रीम भिजन स्कुल अफ फर्साटिकरको एसेम्ब्लि हलमा १५० जना विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा फर्साटिकर प्रहरी चौकी इन्चार्ज बिरेन्द्र पुन मगर र बरिस्ठ प्रहरी नायक निरीक्षक युबराज ज्युले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका नेपाल जेसिजका चिफ एभाईजर टु बोर्ड जेसि चुडामणि डुम्रेले प्रशिक्षण कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमले सदैब स्थान पाउने कुरामा जोड दिनुभयो।

अध्यक्ष जेसी रुपा पराजुलीले कार्यक्रमका प्रमुख अतिथि , प्रशिक्षक एवम सहभागीहरुको गरिमामय उपस्थिति प्रती आभार एवम कृतज्ञता प्रकट गर्नु भएको थियो। कार्यक्रमको सम्योजन शाखा उपाध्यक्ष जेसी दिनेश गैरेले गर्नुभएको थियो ।
