काठमाडौं । सुन उच्च मूल्यबाट तोलामा २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार १ लाख ४२ हजार २ सय रुपैयाँ थियो । शुक्रबारको मूल्य नेपाली बजारमा इतिहासकै उच्च हो । बजेटमा भन्सार दर ५ प्रतिशत विन्दुले बढेपछि नेपाली बजारमा मूल्यले शुक्रबार सबै रेकर्ड तोडेको हो ।
चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । आज १ हजार ८५० रुपैयाँ कायम भएको छ ।
