२१ जेठ, काठमाडौं ।नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ।

आइतबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।