आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १ सय ७ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटाएको थियो ।
अब नेपालले लिग चरणकाे दाेस्राे खेलमा जुन १२ गते श्रीलङ्कासँग, तेस्राे जुन १५ गते दक्षिण अफ्रिका र चाैथाे तथा अन्तिम खेलमा जुन १७ गते बङ्गलादेशसँग खेल्नेछ ।
