फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा यूएईसँग नेपाल पराजित भएको छ । साउदी अरेबियाको दम्मानमा रहेको प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो ।

जितसँगै यूएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँचवटै खेलमा पराजित भएको नेपाल भने अङ्क विहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।