खेलअघिको पूर्वसन्धयामा आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले श्रीलङ्कालाई हराउने अवसर नेपालसामु रहेकाले त्यहीअनुसार खेलको रणनीति बनाएको बताएका छन् । यो खेलमा १ सय ४० रनसम्मको योगफल बनाउने टोलीले जित हात पार्ने कप्तान पौडेलको भनाइ छ ।
यस्तै उनले टोलीमा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताए । वेस्ट इन्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र ‘विकेटटेकर’ बलर लामिछाने टोलीमा भित्रिएकाले उनको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने पौडेलले उल्लेख गरे ।
टी–२० विश्वकपमा नेपाल र श्रीलङ्काबीचको खेल भोलि बिहान ५ः१५ बजे शुरु हुनेछ । विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।
