जेठ-३३, शुक्रवार। जारि टि२० विश्वकप २०२४ तर्फको ३१ औं खेल नेपाल र दक्षिण अफ्रिका बिच आर्नोज भली ग्राउण्डमा भोलि नेपाली समय अनुसार बिहान ५:१५ मा संचालन हुदै छ।

टेष्ट मान्यता प्राप्त साथै ३ खेलमा ३ जित सहित ६ अंकका साथ शिर्ष स्थानमा रहेको अफ्रिका संगको खेलमा नेपालका लागि अनुभवी लेग स्पिन्रर सन्दिप लामिछाने पनि उपलब्ध रहने छन्।

नेपालले जारी प्रतियोगितामा आफ्नो पहिलो खेल नेदरल्याण्ड संग हारेको थियो भने दोस्रो खेल बर्षाका कारण रद्ध हुदा श्रीलंका संग १-१ अंक सहित खाता खोलेको थियो।

नेपालले आफ्नो बाँकी २ खेल जित्न सके सुपर ८मा जाने सम्भावना जिवितै रहने छ। नेपालका लागि बाँकी २ खेलमा अनुभवि लेग स्पिनर लामिछाने पनि उपलब्ध हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *